मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

न्युजलय २८ फाल्गुण २०८०, सोमबार ११:३७ मा प्रकाशित

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ७ होक्सेमा सवारी दुर्घटनाबाट मोटरसाइकल चालकको ज्यान गएको छ । 

मदन भण्डारी स्मृति लोकमार्गको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–०१–०१६–प–४७६ नम्बरको एनएस मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स.१.ख.८१६ नम्बरको यात्रुवाहक बस ठोकिदा दुर्घटना भएको हो।

दुर्घटनामा इलामको सुर्योदय नगरपालिका –११ का २३ वर्षीय प्रदित राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनी झापाली नामको युट्युब चलाउने वाइक राइडर भएको परिचयपत्रबाट खुलेको छ । 

घटनालगत्तै प्रहरीले सवारी र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरू गरिएको जनाएको छ ।