सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

न्युजलय १६ भदौ २०७९, बिहिबार ०५:३३ मा प्रकाशित

 काठमाडौ । बिहीबार(आज) सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै सुनको प्रतितोलाको मूल्य ९३ हजार रुपैंया कायम भएको छ । 

आज तेजाबी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । 

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।