महिला साफ च्याम्पियनसिप फुटबलका लागि आजबाट बन्द प्रशिक्षण हुँदै

न्युजलय ९ साउन २०७९, सोमबार ०३:०९ मा प्रकाशित

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि हुँदैछ ।


नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ ।


त्रिपुरेश्वरमा रहेको  दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हुनेछ ।


प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।