पत्रकार श्रेष्ठले लेखेको सुनसरीको मिडिया परिदृश्य पुस्तकको विमोचन सम्पन्न

न्युजलय ७ भदौ २०८३, आइतबार ०४:४२ मा प्रकाशित

धरान । पत्रकार भोजराज श्रेष्ठद्वारा लिखित ‘सुनसरीको मिडिया परिदृश्य’ पुस्तकको विमोचन गरिएको छ ।


धरानको महेन्द्र बहुमुखी क्याम्पसमा धरान रिडर्स ग्रुपको आयोजनामा आइतबार पुस्तकको विमोचन गरिएको हो । सात वर्षको शोध, अनुसन्धानपछि पुस्तक प्रकाशन गरेको लेखक श्रेष्ठले बताए । 


पुस्तक विमोचनका अवसरमा वरिष्ठ पत्रकार हर्ष सुब्बा, प्रा.डा. टङ्कप्रसाद न्यौपानेलगायतले बोलेका थिए । विमोचनका अवसरमा पुस्तक लेखनमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो । 


पुस्तक विमोचन कार्यक्रमलाई उपप्राध्यापक राजेश विद्रोहीले सहजीकरण गरेका थिए । धरानका पूर्वनगरप्रमुख तिलक राईको प्रमुख आतिथ्यतामा भएको विमोचन कार्यक्रममा जिल्लाका कवि, लेखक, प्राध्यापक, पत्रकारहरुको उपस्थिति थियो । 


पत्रकार श्रेष्ठ ब्लाष्ट टाइम्स दैनिकका कार्यकारी सम्पादक हुन् । उनी धरानमा रहेर १८ वर्षदेखि पत्रकारिता र शिक्षण पेशामा आवद्ध छन् ।