विद्युत् अनियमित भएपछि नागरिक समाज इटहरीको चासो

न्युजलय १७ असार २०८१, सोमबार ०९:४२ मा प्रकाशित

इटहरी । इटहरीमा विद्युत अनियमित हुन थालेपछि नागरिक समाज इटहरीले चासो राखेको छ । अध्यक्ष बालिका भट्टराई नेतृत्वको टोली प्राधिकरणको इटहरी शाखा कार्यालय पुगेर सोबारे छलफल गरेको हो ।


विद्युत् अनियमित भएपछि उद्योग व्यापार चलाउन समस्या भएको र गर्मीमा विद्युत् कटौती हुँदा समस्या भएको नागरिकहरुको गुनासो आएपछि समाजको टोलीले कार्यालय प्रमुख राम उदगार साहलाई भेटेको थियो । शाहले विद्युत् आपूर्तीमा समस्या भएको कारण विद्युत् अनियमित रहेको बताएका छन् । 


दुई वर्षअघि २९ मेगावाट विद्युत् अपत हुने इटहरीमा अहिले ५२ मेगावाट खपत रहेको उनले बताए । यस्तै दुहबी र भोक्राहा सब स्टेसनबाट विद्युत् आपूर्ती भइरहेकोमा भोक्राहाबाट ल्याएको लाइनको केबल पड्किएको र दुहबीले समेत लोड दिन नसकेकोले विद्युत् प्रशारणमा पटक पटक समस्या आएको हो । 


भोक्राहाको केबल केही दिनमा बनेपछि केही सहज हुने । खनारमा ट्रान्सफर्मर ल्याइसकिएकोले समस्या चाँडै समाधान हुने बताए ।