विश्वका ७७ देशमा फैलियो ओमिक्रोन

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०२:०६ मा प्रकाशित

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ओमिक्रोन हालसम्म ७७ देशमा फैलिसकेको छ । संक्रमणका कारण बेलायतमा एक जनाको मृत्यु भइसकेको छ । कोभिडका भेरिएन्टमध्ये यो सबैभन्दा बढी उत्परिवर्तित हो ।

ओमिक्रोनको फैलावट दर अप्रत्याशित रूपमा भइरहेको वैज्ञानिकहरुले जनाएका छन् । 

यो भेरिएन्टसँग जुध्न कतिपय देशले कोभिडविरुद्धको खोपको बुस्टर डोज लगाउने कामलाई तीव्रता दिएको जनाएका छन् । बुस्टर डोज लिएको खण्डमा कोभिडबाट सुरक्षित हुने सम्भावना कम्ती ७० प्रतिशत हुने उनीहरूको भनाइ छ ।