काठमाडौं । सुनको मूल्य मंगलबर(आज) सामान्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा एक सय रूपैयाँ घटेर ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन तोलामा ९८ हजार तीन सय रूपैयाँ कायम गरिएको छ । सोमबार तेजावी सुन तोलामा ९८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा एक हजार ३४० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा एक हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।