काठमाडौं । पाँचथरको हिलिहाङ १ खोलाखर्कमा निर्माणाधीन काबेली ए जलविद्युतमा कार्यरत श्रमिकको मृत्यु भएको छ ।
सुरुङ निर्माण गर्ने क्रममा आइतबार दिउँसो ढुङ्गाले किचेर इलाम देउमाइ नगरपालिका ९ का २५ वर्षीय भूपाल मगरको ज्यान गएको हो ।