भोलि राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न सरकारको तयारी

न्युजलय ३१ भदौ २०७९, शुक्रबार ०४:५९ मा प्रकाशित

काठमाडौं । सरकारले असोज १ गते (भोलि) राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।

भोलि राति १२ बजेबाट संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको बताइएको छ । 

निर्वाचन आयोगले भोलि राति १२ बजेपछि २०७४ को निर्वाचनका उम्मेदवारहरुको बन्दसूची कायम नरहने जानकारी गराएको छ । त्यससँगै सरकारले सो निर्णय गरेको हो । यससँगै प्रतिनिधि सभाको अन्तिम बैठक शनिबार बस्नेछ ।