सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा

न्युजलय २७ भदौ २०७९, सोमबार १२:५४ मा प्रकाशित

काठमाडौँ । अध्यागमन विभागले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ ।


प्रहरीले पत्राचार गरेपछि अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखिएको प्रहरीले जनाएको छ ।


उनले एक नाबालिगालाई बलात्कार गरेको आरोप लागेको छ । उनी अहिले नेपाल बाहिर रहेका छन् । उनलाई नेपाल आउनेबित्तिकै प्रहरीले पक्राउ गर्न सक्नेछ ।