बढ्यो सुनको मुल्य

न्युजलय १८ माघ २०७८, मङ्गलबार ११:०९ मा प्रकाशित

काठमाडौँ । लगातार घटेको सुनको मूल्य मंगलबार(आज) भने बढेको छ । 

आज प्रतितोला १ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको छ । 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला १२ सय ४० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । गत बुधबार चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँ तोकिएको थियो ।