इनरुवा । सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । शनिबार राती ८ बजे तीन लाख सात हजार ९२५ क्युसेक पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन्।
बिहान ४ बजेको मापनअनुसार एक लाख २४ हजार चार सय ६५ क्युसेक रहेकोमा पुर्व क्षेत्रमा दिनभरी परेको पानीका कारण कोशीको बहाव बढेको हो । लगातार पानीको बहाव र सतह बढ्दै गएपछि कोशी ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालेर रातो झण्डा गाडिएको छ ।
यसैगरी सप्तकोशी र यसका सहायक नदी अरूण र सुनकोशीमा सतर्कता अपनाइएको छ भने तटीय क्षेत्रमा हुनेहरुलाईसमेत सतर्क गराइएको छ ।