हत्या अभियोगमा झापाबाट एक जना पक्राउ

न्युजलय १८ जेठ २०८३, सोमबार ०२:२० मा प्रकाशित

झापा । झापाको मेचीनगर नगरपालिका–१५ नीलकोठीमा कुटपिटबाट हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति मेचीनगर–१५ नीलकोठी निवासी ५५ वर्षीय रुद्र श्रेष्ठको कुटपिटका कारण मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा तनहुँ घर भई हाल मेचीनगर–१५ स्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका ३५ वर्षीय रामबहादुर गौतमलाई पक्राउ गरिएको हो । 

आपसी विवादका क्रममा गौतमको कुटाइबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएकामा उपचारकै क्रममा आज बिहान मृत्यु भएको थियो ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।