६ कार्तिक २०८२ बिहिवार को राशिफल

न्युजलय ७ कार्तिक २०८२, बिहिबार १२:४९ मा प्रकाशित

मेष l व्यापार–व्यवसायमा आफन्तहरूको साथ मिल्नेछ। पारिवारिक समस्याले खर्च बढ्न सक्छ। पशुधन वा कृषि क्षेत्रबाट लाभ मिल्नेछ। शुभ रंग: पहेँलो l शुभ अंक: ७


वृष l पुरा गर्न नसक्ने वचन कसैलाई नदिनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। युवावर्ग करियरलाई लिएर चिन्तित रहन सक्छन्। शुभ रंग: सेतो l शुभ अंक: ६


मिथुन l धैर्य र पराक्रमले आँटेका काम सफल हुनेछन्। कार्यक्षेत्रमा मित्रहरूको सहयोग पाइनेछ। अधिकारीहरू तपाईंको कार्यशैलीबाट प्रसन्न हुनेछन्। शुभ रंग: निलो l शुभ अंक: ७


कर्कट l प्रतियोगी परीक्षामा सफलता मिल्ने सम्भावना छ। नयाँ नोकरीको अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा पेटसम्बन्धी समस्या आउन सक्छ, सावधानी अपनाउनुहोस्। शुभ रंग: केशरी l शुभ अंक: ७


सिंह l मनमिल्दो साथीसँग भेटघाटले उत्साह बढ्नेछ। अरूको लागि श्रम खर्च गर्नुपर्ला। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। शुभ रंग: हल्का हरियो l शुभ अंक: १


कन्या l प्रशासनिक वा राज्यपक्षबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। आफन्तहरूसँग विवाद बढ्न सक्छ। शुभ रंग: सिन्दुरी l शुभ अंक: ३


तुला l धर्मकर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूको तर्कशक्ति तीव्र हुनेछ। कानुनी मामिला सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। शुभ रंग: खैरो l शुभ अंक: २


वृश्चिक l कार्यक्षेत्रमा चुनौतीको सामना गर्नुपर्ला। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। अध्यात्मप्रति झुकाव रहनेछ। शुभ रंग: रातो l शुभ अंक: ८


धनु l आफन्तहरूबीच रमाइलो समय बित्नेछ। पहिला गरेका कार्यको प्रशंसा हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ, माताको स्वास्थ्यमा चिन्ता हुन सक्छ। शुभ रंग: कलेजी l शुभ अंक: ८


मकर l आयका नयाँ स्रोतहरू खुल्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। गृहिणीहरूलाई जीवनसाथीबाट उपहार प्राप्त हुने सम्भावना छ। शुभ रंग: हल्का निलो l शुभ अंक: ९


कुम्भ l समाजमा मान–प्रतिष्ठा बढ्नेछ। महत्त्वपूर्ण कार्य अघि बढाउँदा घरपरिवारसँग सल्लाह लिनुहोस्। व्यापारमा राम्रो लाभ मिल्नेछ। शुभ रंग: गुलाबी l शुभ अंक: ५


मीन l पारिवारिक सद्भावमा कमी आउन सक्छ। नयाँ कार्य प्रारम्भ गर्न अझै समय प्रतीक्षा गर्नुहोस्। बोलिको प्रभावले काम सफल हुनेछ। शुभ रंग: खैरो l शुभ अंक: ९