महँगियो अमेरिकी डलर

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०८:३२ मा प्रकाशित

काठमाडौँ । केही दिन यता डलरको भाउ बढेको छ । शुक्रबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २० रुपैयाँ ०८ पैसा पुगेको छ । गत बुधबार यस्तो दर १ सय २० रुपैयाँ ८५ पैसा कायम भएको थियो । यो करिब डेढ वर्षयताकै उच्च हो । 

यसअघि २०७६ चैतमा अमेरिकी डलरको विनिमय दर १ सय २१ रुपैयाँ ६९ पैसा थियो । त्यसअघि २०७५ असोजमा एक अमेरिकी डलरको विनिमय दर १ सय २२ रुपैयाँ ६१ पैसा थियो । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो ।