पाँचथरमा बस दुर्घटना, ५४ जना घाइते

न्युजलय ८ कार्तिक २०७८, सोमबार १२:३५ मा प्रकाशित

विराटनगर । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् ।

को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएकोे छ । घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक रहेको पाँचथर प्रहरीले जनाएको छ । 

गम्भीर अवस्थाका घाइतेको पाँथचरमा उपचार हुन नसकेपछि झापा तथा मोरङका अस्पतालमा रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।