वर्षाले घर भत्किदा एकै घरका दाजु भाईको मृत्यु

न्युजलय २ कार्तिक २०७८, मङ्गलबार ०९:१५ मा प्रकाशित

काठमाण्डौ । निरन्तर आएको वर्षाले घर भत्किदा डोटीमा एकै घरका दुई छोराको मृत्यु भएको छ ।

सायल गाउँपालिका–६ मा स्थानिय बिरबहादुर ककुन्जेडाको दुई छोराको मृत्यु भएको हो ।

प्रहरीको अनुसार १४ वर्षीय सागर र ११ वर्षीय आशिष कुन्जेडाको घर भत्किदा च्यापिएर मृत्यु भएको हो ।

मृतक मध्ये एक जनाको शव बाहिर निकालिएको छ।