२०७८ साल माघ ६ गते बिहिबार

बिर्तामोडमा धारिलो हतियार प्रहार गरी मासु व्यवसायीको हत्या

न्युजलय २५ असोज २०७८, सोमबार ०८:३३ मा प्रकाशित

झापा । गए राति झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका अनुसार घाँटी र हातमा धारिलो हतियार प्रहार गरी ती मासु व्यवसायीको हत्या गरिएको हो।

बिर्तामोड ५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा ६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक़ुमार

मगरको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।

पसलमै बसेको बेला राति करिब ८ बजे उनको हत्या भएको स्थानीयबासीले बताएका छन्।

पसलभित्र हत्या गरिएको मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको बिर्तामोडका प्रहरी प्रमुख डिएसपी सन्तोष आचार्यले बताए। घटनाको अनुसन्धान भइरहेको बताइएको छ।