केदारनाथ जाने बाटोमा पहिरोले पुरिएर पाँच तीर्थयात्रीको मृत्यु

न्युजलय २५ भदौ २०८१, मङ्गलबार ०१:३६ मा प्रकाशित

काठमाडौँ ।  भारतको उत्तराखण्ड राज्यको पवित्र धार्मिक स्थल केदारनाथ जाने बाटोमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ ।

सोनप्रयाग र रुद्रप्रयागबिचको बाटोमा पहिरो खस्दा तीर्थयात्रीहरूको एउटा समूह फसेका थिए । घाइते अन्य तीन जनाको उद्धार गरिएको छ । 

पहिरोबाट ढुंगा खस्ने क्रम जारी रहँदा उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ । पहिरोमा अरू तीर्थयात्री पनि पुरिएको हुन सक्ने आशङ्का गरिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाको जानकारी दिँदै यात्रुको सुरक्षाको कामना गरेका छन् ।