२०७८ साल माघ ६ गते बिहिबार

२९ पौष २०७८ बिहिवारको राशिफल

न्युजलय २९ पुस २०७८, बिहिबार ०६:५३ मा प्रकाशित

मेष । आज धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । पारिवारिक भेट हुने योग छ । प्रेमीको सहयोग पाइनेछ, तर खर्च बढ्नेछ ।

बृष । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । उपहार पनि पाइन सक्छ ।

मिथुन । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट खानेकुरा खान पाइनेछ ।

कर्कट । मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला ।

सिंह । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

कन्या । आज सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

तुला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ ।

बृश्चिक । आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

धनु । आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मकर । आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । साहित्यिक र प्राविधिक काममा पनि लगाव बढ्नेछ ।

कुम्भ । आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

मीन । आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला, तर साँझपख आफन्तले सहयोग भने गर्नेछन् ।