काठमाडौँ । सरकारले सरकारी कार्यालयको नयाँ कार्य समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थालाई बाहेक राखेर सबै सरकारी कार्यालयका लागि यो समय लागू गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार शैक्षिक संस्थाबाहेक सबै सरकारी कार्यालयमा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ ।
त्यसैगरी, सरकारले पेट्रोलियम पदार्थ आपूर्तिमा देखिएको समस्या समाधान नभएसम्म भोलि (२३ चैत) बाट लागू हुने गरी शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको छ ।