इटहरी । इटहरीस्थित ग्रिन पिस स्कूलकी विद्यार्थीले यस वर्षको एसइइ परिक्षामा इटहरीभरीमै सबैभन्दा उच्च अंक प्राप्त गरेकी छिन् । लोरिम लिम्बुले ४.० जिपिए ल्याएकी छिन् l ८१ जना विद्यार्थी सहभागी परिक्षामा अन्यले ए ग्रेड ल्याएका छन् ।
लोरिमले ल्याएको नतिजा इटहरीभरीकै सर्वोत्कृष्ट भएको विद्यालयको दावी छ । किताबी ज्ञानसँगै व्यवहारिक शिक्षा र संस्कार सहितको शिक्षालाई प्राथमिकता दिँदै आएको ग्रिन पिस नमुना कलेजले विद्यालय तथा उच्च शिक्षामा गुणस्तरीय शिक्षा दिएकोले राम्रो अंक ल्याएको प्रिन्सिपल धर्म न्यौपानेले जानकारी दिए ।
विद्यालयले पढाइबाहेक अतिरिक्त क्रियाकलापहरुमा समेत ध्यान दिने गरेको छ । यस्ता अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरु अगाडी रहेको अध्यक्ष केशव खड्काले बताए ।