काठमाडौं । बिहिबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको भाउ तोक्दै हिजो बुधबारको तुलनामा १०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्यमा समेत लगातार दोस्रो दिन गिरावट आएको छ । आज तोलामा ५ रुपैयाँले घटेको चाँदी हिजो पनि सोही रकम गिरावट आएको थियो । आज चाँदीको मूल्य तोलामा ११ सय ७० रुपैयाँ रहेको छ ।