काठमाडौँ । दक्षिणी फिलिपिन्सको बासिलान प्रान्तमा सोमबार यात्रु बहाक डुङ्गा डुब्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएका छन् ।
फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) का कमान्डर रोमेल दुआले डुङ्गामा सवार कम्तीमा ३१६ जनालाई उद्धार गरिएको बताएका छन् ।
पीसीजीले एमरवी त्रिशा केस्र्टिन– ३ जाम्बोङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापु तर्फ जादै गर्दा डुबेको पुष्टि गरे ।
खोजी र उद्धार अभियान जारी रहेको उल्लेख गर्दै डुङ्गाको अधिकतम यात्रु क्षमता ३५० रहेकोमा ३३२ जना यात्रुहरु सवार रहेको अधिकारीहरूले बताएका छन् ।