इटहरी । इटहरीस्थित हिमाअस कन्सल्टेन्सीले कोरिया जाने विद्यार्थीहरुको लागि कोरियाकै विश्व विद्यालयका प्रतिनिधिबाट कोरियाबारे प्रत्यक्ष जानकारी दिएको छ । शुक्रबार एक कार्यक्रमका बिच कोरियाका विश्वविद्यालय प्रतिनिधिहरुबाट कोरिया शिक्षाबारे जानकारी दिएको हो ।
डोङशिन विश्वविद्यालयका डिन ओह सुङरक र अन्तर्राष्ट्रिय शिक्षाविद् योहानसँग विद्यार्थीको प्रत्यक्ष अन्तक्र्रिया गराएको हो । पछिल्लो समय भीसा स्वीकृति दर पनि अत्याधिक रहेको, धेरै छात्रवृत्ती योजना रहेको र पढ्दै रोजगारीमा आबद्ध हुने अवसर रहेको कोरियाका प्रतिनिधिहरुसँगको अन्तक्र्रिया फलदायी भएको विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन् ।
कार्यक्रमकै अवधिमा ४० जनाले उच्च शिक्षा अध्ययनका लागि कोरियाको फर्म भरेको कम्पनिले जानकारी दिएको छ ।
हिमाअस कन्सल्टेन्सीले पछिल्लो समय धेरै विद्यार्थीहरुलाई अष्र्रेलिया, अमेरिका, बेलायत लगायतका देशमा अध्ययनका लागि सहजिकरण गर्दै आएको छ ।