सेयर बजारमा ५२ अंकको छलाङ

न्युजलय ३ असार २०८०, आइतबार ०९:०७ मा प्रकाशित

काठमाडौँ । आइतबार(आज) सेयर बजार ५२.२ अंकले वृद्धि भएको छ । बैंकिङ उपसमूहमा आएको गिरावटका बाबजुत अरु उपसमूहमा उच्च वृद्धि आएपछि परिसूचक ५२.२६ अंक बढेर २०९४ अंकमा कायम भएको हो ।

आज कुल ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भयो । १९० कम्पनीको मूल्य बढ्यो भने २८ को घट्यो, ४ को स्थिर रहृयो ।

आज  बैंकिङ उपसमूह ३.५५ अंक घट्यो भने अरु सबै बढे । विकास बैंक ५०, फाइनान्स ३५, होटल तथा पर्यटन २९४, जलविद्युत् १०२, जीवन बीमा ६९४, उत्पादन १४२, माइक्रोफाइनान्स १०३, निर्जीवन बीमा ५००, अन्य ८६ र ब्यापार उपसमूह ८७ अंक बढे । प्रतिशतका आधारमा जीवन बीमा सबैभन्दा धेरै ६।३, होटल ६।१ र अन्य उपसमूह ६ प्रतिशत बढे ।