नेपालले लगातार दोस्रो हार, बंगालादेश ४-२ ले विजयी

न्युजलय ५ चैत २०७८, शनिवार ०१:१९ मा प्रकाशित

काठमाडौ । भारतमा जारी साफ यू १८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

भारतको जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशसँग ४–२ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो।

लगातार दोस्रो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना झिनो बनेको छ । नेपाल दुई खेल खेल्दा अंक बिहीन हुदै पुछारमा छ । भारत र बंगलादेशले समान ३ अंक जोडेका छन् । गोलअन्तरमा भारत शीर्ष तथा बंगलादेश दोस्रोमा छ ।

यसअघि पहिलो खेलमा नेपालले घरेलु टोली भारतसाग ७–० को फराकिलो हार बेहोरेको थियो । 

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ।

नेपालले मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका छ। शीर्ष टोलीले उपाधि जित्नेछ।