९ औं सप्तकोशी गोल्डकप असोज २७ बाट

न्युजलय २४ भदौ २०७९, शुक्रबार ०४:५१ मा प्रकाशित

प्रकाशपुर । सुनसरीको बराहक्षेत्र ७ देविघाटको सप्तकोशी युवा क्लबले ९ आंै  सप्तकोशी गोल्डकप आयोजना गर्ने भएको छ । 

सप्तकोशी युवा क्लबको आयोजनामा वसन्तऋतृ माविको खेल मैदानमा असोज २७ बाट सुरु हुने प्रतियोगितामा सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लाका विभागिय टिम सहित १० वटा फुटवल क्लबहरुको सहभागीता रहने क्लबले पत्रकार सम्मेलन गरी जनकारी गराएको हो ।

कार्तिक ५ गते मम्म संचालन हुने प्रतियोगितामा आयोजक सप्तकोशी युवा क्लब, फेयर फुटबल क्लब धरान, पन्चायन फुटबल क्लब, बक्लौरी, सयपत्री फुटबल क्लब, सुनसरी, पथरी फुटबल क्लब, मोरङ, सतासीधाम स्पोर्टीङ्ग फुटबल क्लब, झापा, पटनाली फुटबल क्लब, धरान , न्यु स्टार फुटबल क्लब, सुनसरी, बसाह फुटबल क्लब,उदयपुर, र बिभागिय फुटबल टीम एपिएफ पूर्वाञ्चलको सहभागिता रहने क्लवका सचिव लेखु न्यौपानेले वताए ।

प्रथम पुरस्कार २ लाख र द्वितीय पुरस्कार १ लाख सहित सिल, ट्रफि, मेडल, मेन अफ द म्याच, बेस्ट खेलाडीलाई नगद, ट्रफि मेडल राखिएको क्लबका कार्यवहाक अध्यक्ष हर्क बहादुर राईले वताए ।

दैनिक खेलमा मेन अफ द म्याच हुने खेलाडीलाई ३ हजार दिने आयोजकले जनाएको छ ।

नगरखेलकुद बिकाश संयोजक कपिल आचार्यको प्रमूख आतिथ्यमा भएको पत्रमार सम्मेलनमा क्लबका कार्यवहाक अध्यक्ष हर्क बहादुर राई, सप्तकोसी गोल्डकप संयोजक ज्ञानबहादुर लिम्बु ,सचिव लेखु न्यौपानेको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २४ लाख लाग्ने अनुमानित बजेट समेत सर्बजनिक गरिएको थियो ।