पोल्याण्डमा झापाका राजवंशीको मृत्यु

न्युजलय २५ साउन २०७९, बुधबार ०९:०४ मा प्रकाशित

काठमाडौं । पोल्याण्डमा एक नेपाली युवकको मृत्यु भएको छ ​। झापा घर भई वैदेशिक रोजगारको सिलसिलामा पोल्याण्डमा कार्यरत धर्मेन्द्रकुमार राजवंशीको मृत्यु भएको हो ।


पोल्याण्डको पोज्नान नजिक एक कम्पनीमा काम गर्दै आएका राजवंशीको मृत्युको कारण भने खुलाइएको छैन । उनको शव अन्त्येष्टिको लागि नेपाल ल्याउने अन्तिम तैयारी भइरहेको छ।


उनको परिवारलाई सहयोग गर्न एनआरएनए पोल्यान्डको खातामा सहयोग रकम जम्मा गर्न सकिने गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डले जनाएको छ ।