काठमाडौं । अवैध रुपमा टर्कीदेखि ग्रिस प्रवेश गर्न खोजेका १९ आप्रवासीहरूको गत साता चिसोको कारण मृत्यु भएको छ। टर्की र ग्रिसको सीमा नजिकै चिसोले कठ्यांग्रिएर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मृत्यु हुनेमा नेपालीहरू पनि रहेको हुन सक्ने आंशका गरिएको छ। हालसम्म १९ जनाको शव भेटिएको टर्कीका अधिकारीहरूले जनाएका छन् ।
ग्रीसको सीमा बलले आप्रवासीहरूलाई टर्कीतर्फ फर्काउँदै अलपत्र छोडिदिएको हुँदा उक्त घटना घटेको टर्कीका अधिकारीहरूले बताएका छन्त । तर, ग्रिसका अधिकारीले यसको खण्डन गर्दै आफ्ना कारणले कसैको पनि मृत्यु नगएको बताएका छन् । घटनाप्रति युरोपेली युनियनले चिन्ता प्रकट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यस्तै, कञ्चनपुर मूल घर भएका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन रहेको एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वलकुमार घिसिङ्ले बताए।