सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

न्युजलय १५ कार्तिक २०७८, सोमबार ११:२८ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

आइतबार प्रतितोला ९१ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा १०० रुपैंयाले बढेर प्रतितोला ९१ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मुल्य आज ९१ हजार ३०० रुपैंया कायम भएको छ ।

यसैगरी, चाँदीको मुल्य तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १ हजार २४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।