काठमाडौं । सुनको भाउ बिहीबार(आज) तोलामा एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाला सुनको भाउ आज एक हजार रुपैयाँले घटेर कारोबार भएको हो ।
बुधबार तोलाको ९४ हजारमा कारोबार भएको सुन बिहीबार ९३ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । बुधबार तोलाको एक हजार १६५ मा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर एक हजार १५५ मा कारोबार भइरहेको महासंघले जनकारी दिएको छ ।