काठमाडौं । साउथका चर्चित अभिनेता अल्लु अर्जुनले एउटा रक्सी कम्पनीको विज्ञापन गर्न अस्वीकार गरेका छन् । साउथ इन्डष्ट्रिका ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारुको अफर दिएको थियो ।
मनोबालाले अल्लुलाई सिद्धान्तलाई पालना गरेकोमा बधाई पनि दिएका छन् । साउथका निकै नाम चलेका कलाकारले कुनै पनि ब्रान्डलाई एन्डोर्स गर्नका लागि ७.५ करोड भारु लिने गर्छन् । यसअघि पनि अल्लुले सुर्ती कम्पनीको विज्ञापनको अफर अस्वीकार गरेका थिए ।
कुनै पनि लत लाग्ने कुरालाई विज्ञापनमा देखेर प्रशंसकले खान सुरु गरुन् भन्ने कुरा अल्लुले नचाहेको आफन्त बताउँछन् । जुन कुराको उनी आफैँले प्रयोग गर्दैनन्, त्यसको विज्ञापन किन गर्ने भन्ने सोचका कारण अल्लुले विज्ञापनको प्रस्ताव अस्वीकार गरेको उनी बताउँछन् ।