घट्यो सुनचाँदीको भाउ

न्युजलय २१ मङ्सिर २०७८, मङ्गलबार ११:१९ मा प्रकाशित

काठमाण्डौ । मंगलबार(आज) सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । 

घटेको मूल्य अनुसार आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र चाँदी एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै घट्दै आज ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।