धनकुटाबाट धरान आउँदै गरेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु

न्युजलय २७ असोज २०८२, सोमबार ११:१८ मा प्रकाशित

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ मा ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

सोमबार बिहान धनकुटाबाट तरकारी लिएर धरान आउँदै गरेको प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनी ट्रक आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा सह–चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–९ स्थित कुर्कुनटार बस्ने २६ वर्षीय नारायण खड्का रहेका छन् ।

यस्तै, चालक उदयपुरको रानिटार घर भएका अन्दाजी १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएका छन् ।

शवलाई पोस्टमार्टमाका लागि जिल्ला अस्पताल धनकुटाको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।