काठमाडौँ । इजरायलले लेबनानका विभिन्न ठाउँमा गरेको भीषण हवाई आक्रमणमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायलले गरेको भीषण हवाई आक्रमणमा परी ३९ जनाको मृत्यु हुनुका साथै धेरै मानिसहरू घाइते भएका छन् । यस्तै ठूलो मात्रामा भौतिक क्षति समेत भएको छ।
इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रहरू, विशेष गरी दक्षिणी भाग र बेरुतका आवासीय क्षेत्रहरूलाई लक्षित गरी आक्रमण तीव्र पारेको छ।