झापामा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

न्युजलय १३ साउन २०८१, आइतबार १०:४८ मा प्रकाशित

झापा । खाल्डोमा जमेको पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा गाउँपालिका–१ सालमाराका चिकूँ मियाका १० वर्षीय छोरा मोहम्मद दिलसाद मिया रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

शनिबार बिहान खेल्न हिँडेका दिलसाद घरदेखि ५०० मिटर पूर्वपट्टि रहेको नजिर मियाको खाली जमिनको खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेका थिए। 

स्थानीय लमिजो मियाले दिउँसो ३ बजे डुबेको देखेपछि आफन्तलाई खबर गरेका थिए । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको जनाइएको छ ।