काठमाडौं । बिहिबार(आज) सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ बढेर एक लाख ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजावी सुन एक लाख चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार एक हजार ३८५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३८० रूपैयाँमा कारोबार भएको हो ।