काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ८.३६ अंकले बढेको छ ।
यस वृद्धिसँगै सूचक २५७५.२६ विन्दुमा आइपुगेको छ । ६६ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको १२ हजार ८०६ कित्ता सेयर कारोबार भएका छन् ।
कुल १०३ वटा कारोबार भएको छ । यस सेसनमा ३० कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । अर्को एउटा कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।