ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । घटनामा दुई जना घाइते भएका छन् ।
गाउँपालिकाका अनुसार ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाया र छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको ज्यान गएको हो । यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते छन् ।
बाढीले तमोर करिडोरका दुईसहित ६ वटा पुल बगाएको छ ।