काठमाडौं । दुई महिनाअघि अस्ट्रेलिया उच्च अध्ययनका लागि अस्ट्रेलिया गएका म्याग्दी पुलाचौर निवासी नेपाली विद्यार्थी नारायण सुवेदीको १२ तला माथिबाट खसेर मृत्यु भएको छ।
गत सोमबार स्टार्सफिल्डस्थित आफ्नै अपार्टमेन्टको बार्दलीबाट खसेर उनको मृत्यु भएको हो।
मास्टर्स डिग्री अध्ययनका लागि दुई महिना अघि मात्र अस्ट्रेलिया आइपुगेका नेपाली विद्यार्थीको मृत्युबारे अस्ट्रेलियन प्रहरीले छानबिन अगाडि बढाएको छ।
यस घटनापछि म्याग्दी अस्ट्रेलिया ओभरसिज नेप्लिज एसोसिएसन (मोना) ले निजको सत्गत् र शव नेपाल पठाउन आर्थिक संकलन समेत सुरू गरेको छ।
मृतकका दाजु पुरुषोत्तमलाई अस्ट्रेलिया बोलाएर सत्गत गर्ने कुरा भएको सचिव खत्रीले जानकारी गराए।