साफ यू-२० मा माल्दिभ्सविरुद्ध नेपालको सानदार जित

न्युजलय १० साउन २०७९, मङ्गलबार ०१:२१ मा प्रकाशित

काठमाडौं । साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल विजयी भएको छ ।


नेपाल र माल्दिभ्सबीच भएको पहिलो खेलमा नेपाल ४-० गोल अन्तरले विजयी भएको हो ।


नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले समान एक एक गोल गरे ।


नेपालले खेलको ४१, ५७, ६२ मिनेट र इन्जुरी समयमा गोल गरेको थियो । जितसँगै नेपालले ३ अंक बटुलेको छ ।


नेपालले दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्नेछ ।