सुनसरीमा पेस्तोलसहित एक जना पक्राउ

न्युजलय ९ पुस २०८१, मङ्गलबार १२:०९ मा प्रकाशित

इटहरी । चाइनिज पेस्तोल र गोलीसहित एक व्यक्तिलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मंसुरी चौकमा चाइनिज पेस्तोल र दुई राउन्ड गोलीसहित प्रहरीले शुक्रबार साँझ ती व्यक्तिलाई पक्राउ गरेको हो।

सुनसरी जिल्ला प्रहरी प्रहरीका अनुसार पक्राउ पर्नेमा भोक्राहा २ का ३८ वर्षीय शमशेर आलम रहेका छन् ।

स्थानीय खुर्सित अन्सारीको घरमा अवैध हतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मारिएको तिमल्सिनाले जानकारी दिए ।

लुकाएर राखेको ठूलो चाइनिज पेस्तोल एकथान, पेस्तोलमा लाग्ने म्यागजिन एकथान र २ राउण्ड गोलीसहित आलमलाई पक्राउ गरेको हो । घरधनी अन्सारी भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


पक्राउ परेका आलमविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को हात हतियार खजाना सम्बन्धी कसुरमा म्याद थप गर्ने प्रहरीको तयारी छ ।


अवैध हतियार राखिएको सूचना पाएपछि प्रहरीले उक्त क्षेत्रमा विशेष निगरानी बढाएको थियो ।