दुबईमा इटहरीका राजुको मृत्यु

न्युजलय १७ बैशाख २०८१, सोमबार ११:३० मा प्रकाशित

इटहरी । इटहरी –१९ भवानीपुरका २९ वर्षीय राजु भारतीको दुबईमा मृत्यु भएको छ ।

 उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केही पैसा कमाउने, बचत गर्ने र घर खर्च चलाउने सपना बोकेर विदेशिएका उनको उतै मृत्यु भएपछि परिवार, आफन्तजनसँगै स्थानीयबासीसमेत शोकमा परेका छन् । भारतीको शव शनिबार घरमा ल्याएर आइतबार इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा अन्त्यष्टि गरिएको छ ।

भारतीको हृदयघात र श्वासप्रश्वासमा समस्या भएपछि निधन भएको पत्र प्राप्त भएको बताइएको छ । मृतक भारती करिब पाँच वर्षअघि दुबई गएका थिए भने केही महिनाअघि मात्रै कम्पनी परिवर्तन गरी काम गर्दै आएका थिए ।

केही समयअघि मात्रै नेपाल आएका उनको डेढ महिनाअघि काठमाडौँ घर भएकी सुमित्रा खत्रीसँग विवाह भएको थियो ।