एजेन्सी । पूर्वी भारतमा मंगलबार हिन्दु तीर्थयात्री बोकेको बस ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
झारखण्ड राज्यको घटनास्थलबाट प्राप्त दृश्यहरूले बसको भग्नावशेष देखाएको छ । यसको पछाडिको भाग लगभग पूर्ण रूपमा जलेको थियो । स्थानीय सांसद निशिकान्त दुबेले तीर्थयात्रीहरू उपमहाद्वीपमा मनसुनको सुरुआतसँगै पवित्र श्रावण महिना मनाउन हिन्दु तीर्थस्थलतर्फ जाँदै गरेको बताए।
तीर्थयात्रीहरूले संहारका हिन्दु देवता भगवान् शिवलाई अर्पण गर्न गङ्गाबाट पवित्र पानी बोकेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ज्यान गुमाउने भक्तहरूका परिवारजनहरूप्रति गहिरो समवेदना’ व्यक्त गरे ।