विराटनगर । मोरङको लेटाङ नगरपालिकामा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ –२ स्थित घरमा लुकाएर राखेको अवस्थामा बन्दुकसहित रूपेश राई पक्राउ परेका हुन्।
मोरङ प्रहरीले घरभित्र लुकाएर राखेको अवस्थामा दुईवटा भरूवा बन्दुक बरामद भएको जानकारी दिएको छ । बिहीबार राती राईको घरमा प्रहरीले छापा मारेर बन्दुक फेला परेको उनले बताए।
बन्दुक राईको भएको नभएको विषयमा प्रहरीले राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। लेटाङमा जङ्गल क्षेत्र भएको कारण वन्यजन्तुको चोरी सिकारीमा बन्दुक प्रयोग गर्ने गरिएको हुनसक्ने प्रहरीको भनाइ ।छ