बुढीगण्डकीमा आकस्मिक बाढी

न्युजलय २५ असोज २०८३, आइतबार १०:०२ मा प्रकाशित

काठमाडौं । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आकस्मिक बाढी आएको छ। आज बिहान चुमनुब्री गाउँपालिका–३ स्थित फिलिममा पहिरोका कारण थुनिएको बुढीगण्डकी नदीले बाढीको रुप लिँदा किनार क्षेत्रमा क्षति पुर्‍याएको छ।

सेनाले हवाई र स्थलमार्गमा परिचालन भएर जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको छ । नेपाली सेनाले नदी तटीय तथा आसपासको इलाकामा रहेका स्थानीयहरूलाई सुरक्षित एवम् उच्च स्थानमा जान आग्रह गरेको छ।