भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

न्युजलय १७ बैशाख २०८१, सोमबार १२:३० मा प्रकाशित

भोजपुर । भोजपुर को आमचोक गाउँपालिका यात्रुवाहक जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सोमबार(आज) बिहान आमचोक गाउँपालिका–८ हैखराङमा बालंखाबाट मैयुङटार हिँडेको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । घाइतेको विवरण खुलिनसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि धरान लैजान जेटबोट चल्ने स्थान चुहारपुलसम्म लगिँदैछ । दुर्घटनामा परेको गाडीमा चालकसहित ९ जना रहेको खुलेको छ ।