इटहरी । सुनसरी तथा मोरंगका केही भागमा आँखै पोल्ने गरी धुँवा फैलिएको छ । मध्यरातीदेखि धुँवा र तुवाँलो फैलिएपछि चिसोसमेत बढेको छ ।
पुर्वमा सुन्दरहरैंचा र पश्चिममा रामधुनी नगर क्षेत्रभरी धुँवा फैलिएको खबर प्राप्त भएको छ । नजिकैको चारकोसे झाडीमा आगो लागेको र निभाएपछि धुँवा फैलिएको बताइएको छ । केही दिनयताको सुख्खा मौसमका कारण सुनसरीको धरानदेखि इटहरीको चारकोसे झाडीसम्म आगो लागिरहेको छ ।
अघिल्ला वर्षहरुमा पनि आगो लाग्ने गरेपनि यति धेरै क्षेत्रमा धुँवा फैलिएको यो पहिलो पटक हो ।