साउथ इन्डियन फिल्ममा आँचल

न्युजलय ९ पुस २०७८, शुक्रबार ०३:३७ मा प्रकाशित

काठमाडौं । अभिनेत्री आँचल शर्माले साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी छन् । 

उनले नेपालमा छायांकन भएको तेलुगू फिल्म ‘हिटम्यान’ मा मुख्य भूमिकामा अभिनय गरेकी हुन् ।

१५ दिनसम्म काठमाडौं र पोखरामा छायांकन भएको फिल्ममा उनले नेपालीमै संवाद बोलेकी छन् । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी प्रस्तुत छन् ।

 विष्णु फिल्मका निर्देशक पनि हुन् । उनले अब फिल्मको १० प्रतिशत मात्र छायांकन बाँकी रहेको र त्यसलाई भारतको हैदराबादमा खिच्ने तयारी भएको जानकारी दिए । 

फिल्ममा नेपालको पार्टमा विष्णुको जोडीको रुपमा आँचल देखिनेछिन् भने भारतको पार्टमा अदिती शर्मा छिन् ।